ट्याक्सीमा गोलाप्रथा

२०७२ आश्विन १७ गते, आईतवार

काठमाडौं , १७ असोज। काठमाडौैंमा दर्ता हुन लागेको नयाँ ट्याक्सी गोलाप्रथाद्वारा बितरण हुने भएको छ । ट्याक्सी मजदुर र सर्वसाधरणका लागि छुट्याएको १३ सय वटा ट्याक्सीको कोटा छुट्याइएको र झण्डै १२ गुणा बढी आवेदन परेकोले गोलाप्रथा अगाल्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ । १३ सय वटा ट्याक्सीको लागि विभागमा १५ हजार भन्दा बढीको आवेदन परेको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । सरकारले ब्यवसायीका लागि छुट्याइएको ५ सय ५० ट्याक्सीको कोटामा भने ५ सय ४० वटा मात्रै आवेदन परेको थियो । तर, सर्वसाधरण र ट्याक्सी मजदुर तर्फको कोटामा आवेदन दिने अत्याधिक भएका हुन् । स्वरोजगार मजदुरका लागि सरकारले ६ सय ट्याक्सी दिने गरी कोटा छुट्याएको थियो । त्यसमा ट्याक्सी मालिक बन्ने गरी विभागमा ७ हजार भन्दा बढीले आवेदन दिएको अधिकारीले बताए ।
यसैगरी सर्वसाधरणलाई ७ सय वटा ट्याक्सीको कोटा निर्धारण गरिएकोमा ७ हजार ९ सय ७ जनाले ट्याक्सी मालिक बन्ने ईच्छा देखाएर दरखास्त दिएको विभागले जनाएको छ ।
यसरी अत्यधिक निबेदन परेपछि यातायात व्यवस्था विभागले नयाँ ट्याक्सी कसलाई दिने भनेर छान्नका लागि गोलाप्रथाकै सहयोग लिने भएको छ । मजदुर र सर्वसाधरणको कोटामा १५ हजार भन्दा बढी आवेदन परेपछि विभागले गोलाप्रथामार्फत निष्पक्ष तवरले ट्याक्सी किन्ने अनुमति दिने प्रवक्ता अधिकारीले बताए । सर्वसाधरणतर्फको गोलाप्रथा असोज २२ गते हुनेछ भने मजदुरतर्फको गोलाप्रथा असोज २९ गते हुने विभागले जनाएको छ ।
विभागमा दिएको दरखास्त नम्बरका आधारमा गोलाप्रथा गरिने प्रवक्ता अधिकारीले बताए । गोलाप्रथा कार्यक्रमको टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण पनि गरिने विभागले जनाएको छ ।
यसैबीच , काठमाडौंमा रहेको ७ हजार ५ सय ट्याक्सी मध्ये १८ सय ट्याक्सी विभन्न कारणले उपत्यकामा चल्न छोडेपछि त्यसैको स्थानमा नयाँ ट्याक्सीको दर्ता खोलिएको हो । काठमाडौंमा २०५७ पछि नयाँट्याक्सी दर्ता भएका थिएनन् । विभागसंग नयाँ अनुमति लिएका ब्यवसायीले १ सय भन्दा बढी ट्याक्सी काठमाडौंमा दर्ता गरी चलाउन सुरु गरिसकेका छन् । नयाँ ट्याक्सी ८ सय सीसी भन्दा माथिका हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार