कुहिएको तरकारी नेपाल भित्रियो

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौ, १९ असोज । भारतले सिमानाकामा गरेको नाकाबन्दी खुलाएको जनाएपनि अझैसम्म सहज रुपमा इन्धनको आपूर्ति हुन सकेको छैन । इन्डियन आयल कर्पोरेशन आइओसीले हिजो केही ट्यांकरमा तेल भर्न दिएपनि सीमा नाकामा गरिएको कडाइ कामयै छ । नाकामा गरिएको कडाइका कारण इन्धनको आयात प्रभावित भएको छ ।
भारतीय पक्षले ईन्धनका गाडि नभएर कुहिएको आलु र फलफुल बोकेका गाडी मात्र नेपाल भित्रन दिएको थियो । भारतीय पक्षले गत शनिबार सहज रुपमा इन्धन आपूर्ति गर्न दिने भनि जनाएको प्रतिबद्धता अनुसार आइतबारदेखि नै तेलको आपूर्ति सहज हुनुपर्ने भएपनि हिजो पनि इनधन बोकेका थुप्रै ट्याङ्कर नाकामै रोकिएका थिए ।
भारतीय पक्षले नाका खुलाएको देखाउन इन्धन बाहेकका सामग्री बोकेका गाडी नेपाल भित्रिन दिएको तर इन्धन बोकेका गाडीमा कडाइ गरेको निगमले जनाएको छ । निगमका अनुसार भारतीय पक्षले रक्सौल र गौरी फन्टा नाकामा झन कडाइ गरेको छ । यी दुई नाकाबाट हिजो एउटा पनि इन्धन बोकेका गाडी नेपाल भित्रिएनन् ।
यस्तै पूर्वको नाका काँकडभिट्टाबाट पनि हिजो इन्धन बोकका कुनैपनि गाडी नेपाल भित्रिएनन् । यद्यपी अन्य सामग्री बोकेका गाडी भने भित्रिएको भण्सार कार्यलयले जनाएको छ ।
उता जोगबनी नाकाबाट इन्धन बोकेका केही ट्यांकर नेपाल भित्रिएको भएपनि आपूर्ति सहज हुनका लागि रक्सौल नाका नै खुल्नु पर्ने निगमको भनाई छ । रक्सौल नाकाबाट नेपालमा खपत हुने इन्धनको झण्डै ७० प्रतिशत आयात हुने गरेको छ ।
यसैबीच इन्धनको सहज आपूर्ति हुनका लागि राजनीतिक एवम् कूटनीतिक रुपमा नै पहल हुनुपर्ने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए । व्यापारिक तवरमा निगमले पहल गरे पनि सहज रुपमा आपूर्तिका लागि कूटनीतिक पहल आवश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार