५ ट्यांकर इन्धन भित्रियो

२०७२ आश्विन २२ गते, शुक्रबार

काठमाडौं, २२ असोज । पूर्वी नाका काँकडभिट्टाबाट दुई दिनमा ३५ ट्यांकर पेट्रोलियम पदार्थ ल्याउन दिएको ईण्डियन आयल कर्पोरेशनले बुधबारदेखि फेरी नयाँ नियम लगाएर ईन्धन आयातमा कडाई गरेको छ । नेपाल आयल निगमको सम्पर्क कार्यालय झापाका प्रमुख कमलेश अर्यालका अनुसार हिजो साँझ ३ वटा डिजेल र २ पेट्रोलका ट्यांकर गरी ५ वटा इन्धन लोड भएका ट्यांकर नेपाल भित्रिएको हो । अर्यालका अनुसार सोमबार र मंगलबार आएको इन्धन भने हिजो नै सकिएको छ ।
हिजो साँझ आएको इन्धन भने आज जिल्ला प्रशासनसँग छलफल गरेपछि मात्र बाँड्नेबारे टुंगो लाग्ने बताएका छन । चाडवाडको समय रहेकाले पेट्रोलियम पदार्थको अभाव झन् बढ्न सक्छ । सोमबार र मंगलबार गरी ३५ वटा ट्यांकर पेट्रोलिय पदार्थ नेपाल भित्रिए पनि बुधबार १ वटा पनि भित्रिएन भने हिजो ५ वटा ट्यांकर नेपाल भित्रिएका हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार