आज र भोलि सार्बजनिक विदा
काठमाडौं, २५ असोज । आज ऐतिहासिक र धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको भोटेजात्रा परेकाले सरकारले काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गरी सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोमबार ललितपुरमा आयोजना हुने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक निकायका पदाधिकारीहरु सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै हिन्दुहरुको महान चाड विजयादशमीको पहिलो दिन अर्थात घटस्थापना मंगलबार परेकाले देशभर सार्वजनिक विदा दिइएको छ । घटस्थापनाका दिन घरघरमा जमरा राख्ने गरिन्छ ।