आज सोमबारे औंसी

२०७२ आश्विन २५ गते, सोमबार

काठमाडौं, २५ असोज । आज सोमबारे औंसी, प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार । तर औंसी र सोमबारको संयोग यदाकदा मात्र हुन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ । यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ । यस पर्वमा स्नान गर्न विभिन्न तीर्थस्थलमा टाढाटाढाबाट भक्तजन धाएर जाने गर्दछन् । हाम्रो सनातन धर्मका धार्मिक ग्रन्थहरूमा सोमबारका दिन अमावस्या तिथिको प्राप्तिलाई ठूलो संयोग मानिन्छ र यो अवसर भाग्यले मात्र प्राप्त हुन्छ, महाभारतका विशिष्ट पात्र पाण्डवहरूले आफ्ना समस्त जीवनकालमा सोमवती अमावस्या प्राप्त गर्न नसकेको प्रसँग उल्लेखनीय छ । निर्णयसिन्धु ग्रन्थमा उल्लिखित महर्षि व्यासका वचनानुसार आजको दिन मौन रहेर स्नानध्यान गर्नाले हज्जारौं गोदान गरेको पुण्य फल प्राप्त हुन्छ। अझ यो स्त्री जातिका लागि विशेष महत्वपूर्ण मानिन्छ ।
सोमबार चन्द्रमाको दिन हो । चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक हो । प्रत्येक औंसीका दिन सूर्य तथा चन्द्रमा एउटा सीधा रेखामा रही एउटै बिन्दुमा देखिने अवस्था सिर्जना हुन्छ । त्यस्तै सोमबार भगवान् शिवजीको प्रिय दिन पनि मानिन्छ त्यसैले सोमवती अमावस्याका सम्पूर्ण कृत्यहरू भगवान् शिवजीलाई समर्पण गर्नुपर्दछ भन्ने मान्यता छ । आजका दिन गङ्गादि तीर्थस्थलमा पुग्न नसक्दा बिहानै उठेर कुनै निकटवर्ती नदी वा तलाउ, सरोवर आदिमा स्नान गरेर भगवान् शङ्कर, पार्वती र तुलसीको भक्तिपूर्वक पूजा गर्नु फलदायी हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार