फेसबुकमा कमेन्ट गर्दा प्रहरीको फन्दा
काठमाडौं, २७ असोज । म्यानमारको सेना प्रमुखको पोशाक अर्थात बर्दीको विषयमा कमेन्ट गर्ने एक महिलालाई त्यहाँको प्रहरीले पक्रेको छ । सामाजिक सञ्जाल फेसबुकमा २५ वर्षकी चा सेँडी तुनले म्यानमारका सेना प्रमुख मिन आंग लेंगको बर्दी लगाएको तस्बिरमा कमेन्ट गरेकी थिएन । तस्बिरमा अरु धेरै म्यानमारका नागरिकले पनि टिप्पणी गरेका छन् । उनीहरुले सेनाको नयाँ बर्दीको रंग त्यहाँकी विपक्षी नेतृ आङ सान सुचीले लगाउने पोशाक जस्तै अर्थात महिलाको पोशाक जस्तै भएको भन्दै टिप्पणी गरेका छन् । पक्राउ परेकी चा सेँडी तुनले टिप्पणीमा सेना प्रमुखले यो बर्दी आफ्नो टाउकोमा बाध्नु पर्ने लेखेकी छिन् । फेसबुकमा राखिएको यो तस्बिरमा गरेको यही कमेन्टले गर्दा किन उनलाई प्रहरीले पक्राउ ग¥यो त ? अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यान्मारमा यस्तो खालको टिप्पणीलाई ठूलो अपमान मानिन्छ ।
फेसबुकमा उनले गरेको टिप्पणीलाई लिएर सेनाले प्रहरीमा उजुरी गरेको थियो । पक्राउ परेकी उनलाई मानहानीको मुद्दामा ५ वर्षको जेल सजाय हुन सक्ने अनुमान गरिएको छ । उनी विपक्षी नेतृ आङ सान सुचीको पार्टी सदस्य हुन् । – एजेन्सी