आज विश्व सेतो छडी दिवस

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौ, २८ असोज । आज विश्व सेतो छडी दिवस, नेपालमा पनि अपांगता तथा विशेष गरी दृष्टिविहिनका क्षेत्रमा कार्यरत संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दृष्टिविहिनहरुले हिंड्दा प्रयोग गर्ने खोक्रो आल्मुनियमले बनेको सेतो रंगको छडीलाई दृष्टिविहिनको संकेतको रुपमा विश्वव्यापी मान्ने गरिएको छ । सेतो छडी चलाउनका लागि पनि तालिम लिनुपर्ने हुन्छ ।
नेपालमा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज नेपाल अन्धा कल्याण संघ, नेपाल नेत्रहिन संघलगायतको आयोजनामा आज मध्यान्ह १२ बजे दृष्टिविहिनहरु सेतो छडी लिएर पुरानो बसपार्कदेखि भृकुटीभण्डपसम्म पदयात्रा गर्ने तथा केही दृष्टिविहिनहरुलाई सेतो छडी वितरण गर्ने कार्यक्रम रहेको भक्तपुर नेत्रहिन संघका अध्यक्ष सुरेश राजभण्डारीले बताए साथै नेपालमा सेतो छडी प्रयोग गर्नेहरुको संख्या १० हजार नाघिसकेको हुन सक्ने पनि राजभण्डारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार