खाद्य संस्थान खसी बोका बिक्री गर्दै

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौ २९ असोज । नेपाल खाद्य संस्थानले आजबाट दशैंलाई लक्षित गरी खसी बोका च्यांग्रा बिक्री गर्ने भएको छ । संस्थानले बजार मुल्य भन्दा सस्तो मूल्यमा च्याँग्रा र खसी बोका संस्थानको कार्यालय थापाथलीबाट बिक्री गरिने जनाएको छ ।
मुस्ताङबाट ७ सय च्यांग्रा र हेटौंडाबाट १ सय ४० खसी बोका आज काठमाडौं आइपुग्ने संस्थानको भनाइ छ । संस्थानका अनुसार भारतको अघोषित नाकाबन्दीका कारण यस बर्ष खसी बोका र च्याँग्राको मूल्य केही बढ्ने देखिएको छ । यस्तै संस्थानले हरेक बर्ष चलाउँदै आएको सुपथ मूल्यको पसल ढिलै भएपनि सञ्चालन गर्ने जनाएको छ ।
खाद्य संस्थानले काठमाडौंको थापाथलीस्थित अञ्चल कार्यालयबाट शुक्रबारदेखि दसैँका खसीबोका र च्यांग्रा बिक्री सुरु गर्दै छ । दसैँमा मासुबजार मूल्य नियन्त्रणका लागि संस्थानले उपत्यका बाहिबाट खसीबोका ल्याई बिक्री गर्दै आएको छ ।

बिक्रीका लागि करिब ३ सय ५० खसीबोका र सात सय च्यांग्रा राखिने संस्थान प्रवक्ता श्रीमणि खनालले जानकारी दिए । ‘बिहीबार साँझसम्म एक सय ४० खसीबोका काठमाडौं भित्रिसकेका छन् र अरू खसीबोका बाटोमा ढुवानीकै क्रममा छन्,’ खनालले भने, ‘रातिसम्म करिब ३ सय ५० खसीबोका आइपुग्ने हुँदा शुक्रबारदेखि बिक्री गर्छौं ।’ सबै खसीबोका आइनसकेकाले मूल्य निर्धारण नभएको उनले बताए ।

‘शुक्रबार बिहान सबै खसी आएपछि खरिद मूल्य, ढुवानीलगायत जोडेर मूल्य तय गर्छौं,’ उनले भने, ‘हाल बजारमा कायम मूल्यभन्दा केही सस्तो राख्नेछौँ ।’ संस्थानले हेटौँडामा एक हजार पाँच सय खसीबोका खरिद गरिसकेको उनले जानकारी दिए । च्यांग्रा पनि करिब एक हजार मुस्ताङमा खरिद गरिएको संस्थानले बताएको छ । निजी क्षेत्रले बिहीबारदेखि दसैँका खसी बिक्री सुरु गरे पनि शुक्रबारदेखि ठूलो संख्यामा बिक्री सुरु गर्ने बताएका छन् । भारतबाट र स्वदेशबाटै धमाधम खसीबोका ल्याइएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ ।

‘शुक्रबार करिब ४ हजार ५ सय खसीबोका बिक्रीका लागि राख्नेछौँ,’ उनले भने । व्यवसायीले कलंकीस्थित खसीबजारबाट बिक्री गरिरहेका छन् । बिहीबार भारतीय जिउँदो खसी प्रतिकेजी ४ सय ६५ र स्वदेशी जिउँदो खसी ४ सय ४५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार