आज गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवस
काठमाडौ, ३० असोज । आज अक्टोबर १७, हरेक वर्ष यस दिन गरिबी निवारणका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।सो अबसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९९३ देखि मनाउन थालिएको दिवसको अवसरमा गरिबी निवारणका लागि गर्नुपर्ने क्रियाकलाप तथा सर्वसाधारणको भुमिकाका विषयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने गरिन्छ ।
राष्ट्रसंघले दैनिक २ डलरभन्दा कम आम्दानी भएका मानिसलाई गरिबको सुचीमा राखेको छ । नेपालले हरेक वर्ष सहस्राब्दी विकास लक्ष्य २०१५ लाई केन्द्रमा राखेर यो दिवस मनाउने गरेको थियो । नेपालमा पनि गरिबी निवारणका क्षेत्रमा सरकारी तथा राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाले काम गर्दै आएका छन् ।