नेपाल-भारत सीमा सिल
काठमाडौं, ३० असोज । नेपाल-भारत सीमा शुक्रबार रातिबाट सिल गरिएको छ । भारत उत्तरप्रदेश राज्य बहराईच जिल्लामा शनिबार हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राख्दै सीमा सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले दुवै मुलकको समकक्षको सहमतिमा निर्वाचनलाई मध्यनजर राख्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि सीमा सिल गरिएको बताए । विरामीको अवस्था हेरेर एम्बुलेन्सलाई भने छुट दिइएको छ । सीमा सिल भएपछि दसैं मान्न भारतबाट घर फर्केनेहरुलाई भने समस्या हुने भएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर राख्दै नेपाल-भारतका सुरक्षाकर्मीले सीमामा सुरक्षा दिएका छन् ।