पेट्रोलमा कालो बजारी गर्ने प्रहरीको फन्दामा
काठमाडौँ, १ कातिक । पेट्रोलमा कालो बजारी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ बस्ने मोरङ बारबुना–७ घर भएका २६ बर्षीय नवराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतलाई प्रहरीले शनिबार राति काठमाडौँ महानगरपालिका–३५ सनराईज चोक नजिकबाट प्रति लिटर ५ सय रुपैयाँमा पेट्रोल विक्री गरी रहेको अवस्थामा ३० लिटर पेट्रोल र ४ लिटर तारपिन तेलसहित पक्राउ गरेको थियो ।
यसैगरी टोखा नगरपालिका–१३ शिव मन्दिर नजिकबाट बढी मुल्यमा पेट्रोल विक्री गरीरहेका नवलपरासी जछुदा–२ घर भएका ३२ बर्षीय भक्सुधन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई प्रहरीले शनिबार प्रति लिटर ३ सय ५० रुपैयामा पेट्रोल विक्री गरीरहेको अवस्थामा ३९ लिटर पेट्रोलसहित पक्राउ गरेको हो