गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते

२०७२ कार्तिक २ गते, सोमबार

काठमाडौ, २ कात्तिक । महोत्तरीको सोनमा गाविसमा गैँडाको आक्रमणबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया निर्मला देवी र भतिजी १० वर्षीया रामतोला ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रघुनाथपुर गाविस– ७ स्थित मरहा खोला हुँदै जङ्गल क्षेत्रबाट आएको गैँडाले बिहान ७ बजेको समयमा शौचालयका लागि खोलातिर गएका दुवैजनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए ।
गैँडाले आफ्नो सिङले दुवैजनाको टाउको, अनुहार र शरीरका विभिन्न भागमा घाउ बनाएको छ भने दुवैजना गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सिलवालले उल्लेख गरे । गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका दुवैजनालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराई विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । आक्रमणकारी गैँडा पुनः मरहा खोला हुँदै जङ्गलतिर भागेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार