बडादसैं अन्तर्गत आज फूलपाती

२०७२ कार्तिक ३ गते, मंगलवार

काठमाडौं, ३ कार्तिक । हिन्दूहरुको महान चाड बडादसैं अन्तर्गत आज आज फूलपाती भित्र्याउने दिन । आज घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ । बेलपत्र, दारिम, पँचुर, माने, हलेदो, केराको बोट, रम्भा, धान र जयन्तीको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन देवी समक्ष अर्पण गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा पनि आज फूलपाती भित्र्याइँदै छ ।
धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती आज अपराह्न साढे ४ बजे पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ । सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोकामा परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् ।
यसैगरी, हनुमानढोका ठूलो घन्ट अगाडिको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउन एक टोली नुवाकोट गएको छ । यो भगवतीमा पनि सेनाले उत्सवका साथ फूलपाती भित्र्याउने चलन छ । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा आज फूलपाती बढाइँको तयारी गरेको छ ।
बडादसैंका अवसरमा हिन्दू धर्मावलम्बीले सोमबार कालरात्री देवीको पूजन गरेका थिए । यो वर्ष तिथिमा घटबढ पर्न गएकाले आज महागौरी र बुधबार सिद्धिदात्रीको स्तुति गर्न उपयुक्त हुने राष्ट्रिय धर्म सभाले जनाएको छ ।
बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, वनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुन्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायतका पीठमा भक्तजनको भीड बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार