नेपालको नाकाबन्दी तत्काल हटाउ: इयु

२०७२ कार्तिक ८ गते, आईतवार

काठमाडौं,८ कार्तिक । भारतले नेपालमा गरिरहेको अघोषित नाकाबन्दी तत्काल हटाउन युरोपियन युनियन इयुले विज्ञप्ति निकालेर आग्रह गरेको छ । युरोपियन संसदको दक्षिण एसिया सम्बन्धी मामिला हेर्ने प्रतिनिधि मण्डलकी प्रमुख जा लाम्बर्टले विज्ञप्ति निकालेर नेपालको आपूर्ति व्यवस्थामा असर नपर्ने गरी बिना अवरोध सीमापार व्यापार सुनिश्चित गर्न सहयोग गर्न भारतसँग आग्रह गरेको छन ।
वैशाख १२ मा गएको बिनासकारी भूकम्पको पीडाबाट उठ्न नपाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले नेपाली नागरिक थप समस्यामा परेको लाम्बर्टले निकालेको विज्ञप्तिमा उल्लेख छ । भारतको नाकाबन्दीका कारण इन्धनको अभाव भएको र त्यसले गर्दा नेपालको पर्यटन व्यवसायमा पनि नराम्रो प्रभाव परेको भन्दै नाकाबन्दी तत्काल हटाउन इयुले आग्रह गरेको छ ।
नेपाल सरकारले आन्दोलनरत मधेसकेन्द्रित दलसँग वार्तामार्फत सहमति गर्ने प्रयास गरेको भन्दै त्यसको स्वागत पनि गरेको छ । इयुले भारतसँग असल छिमेकेको भूमिका खेल्दै नेपालको आपूर्ति व्यवस्थामा असहयोग नर्गन आग्रह गरेको छ ।
नयाँ संविधान जारी भएकोमा असन्तुष्ट रहेको भारतले गएको एक महिनादेखि सीमा नाकामा अघोषित रुपमा नाकाबन्दी गर्दै आएको छ । भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार