विराटनगर आजपनि तनाबग्रस्त
काठमाडौं, १० कात्तिक । हिजो राति अबेरसम्म तवानग्रस्त बनेको विराटनगरको मलायरोड क्षेत्रमा आजपनि मधेशी मोर्चाका कार्यकर्ताले बिहानैबाट प्रदर्शन सुरु गरेका छन् । हिजो कोशी राजमार्ग अन्तरगत विराटनगरको रानी सडक खण्डमा मोर्चाका कार्यकर्ताले मोटरसाइकल र रिक्सा सन्चालनमा समेत रोक लगाएपछि प्रदर्शनकारी र प्रहरीबीचको झडप भएको थियो । मलाय रोडमा धर्नामा बसेका प्रदर्शनकारीलाई बल प्रयोग गरी हटाउन खोजेपछि हिजो साँझ झडप भएको थियो । झडपपछि घरघरमा गएर प्रहरीले प्रदर्शनकारी माथि कुटपिट गरेको मोर्चाका कार्यकर्ताले आरोप लगाएका छन् ।