भारतको अघोषित नाकाबन्दीका बारेमा चीनले वार्ता गर्ने

२०७२ कार्तिक १२ गते, बिहीबार

काठमाडौं,१२ कार्तिक । भारतको अघोषित नाकाबन्दीका बारेमा चीनले भारतसँग छलफल गर्ने भएको छ । चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता गर्ने बताएको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङ्गले नेपाल र भारत चीनका छिमेकी मुलुक भएको प्रष्ट पार्दै क्षेत्रीय स्थिरताका लागि नेपाल र भारतबीचको सम्बन्धमा चीनको चासो रहेको जनाएका हुन् ।
बुधबार बेइजिङमा नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामी क्षेत्रीय स्थिरताका पक्षमा छौं र देशहरुबीच मैत्रीपूर्ण सम्बन्धका लागि सम्बन्धित देशहरुसँग वार्तामा बस्त र मित्रवत छलफल गर्न तयार छौं ताकि आम सहमतिमा पुग्न सकियोस् ।’
उनले भने, ‘चीन र नेपालबीच मित्रवत सम्बन्ध रहँदै आएको छ । नेपालका लागि एक छिमेकी राष्ट्रका रुपमा हामी आशावादी छौं कि नयाँ संविधान जारी भएसँगै जतिसक्दो चाँडो नेपालमा स्थिरता वहाल हुनेछ र नेपालले विकासका लागि एक उज्जवल संभावनाको सुरुवात गर्नेछ ।’
नेपाली पक्षको अनुरोधका आधारमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग उपलब्ध गराउने प्रष्ट पार्दै उनले इन्धन आपूर्तिका बारेमा दुबै पक्षबीच छलफल भइरहेको जनाए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार