७ सयमा आधा सिलिन्डर ग्यास, आजबाट बिक्री सुरु

२०७२ कार्तिक १४ गते, शनिबार

काठमाडौं, १४ कार्तिक । नेपाल आयल निगमले आजदेखि राजधानीका विभिन्न डिपोहरुबाट ७ सय रुपैयाँमा ७ दशमलव १ किलो ग्याँस भरिएको सिलिन्डर बिक्री वितरण सुरु गरेको छ । सबै उद्योगीकोमा ग्यास नपुगेकाले केहीले मात्र बिक्री गर्न लागेको ग्यास बिक्रेता महासंघले जनाएको छ । विस्तारै बिक्रेताको पुग्ने भएकाले अति आवश्यक नभएकालाई तत्काल नलिन पनि महासंघले आग्रह गरेको छ ।
ग्यास डिपोहरुमा दुई दिन अघिदेखि उपभोक्ताको भीड लागेको थियो । भारतले लगाएको नाकाबन्दीका कारण ग्यासको चरम संकट भएपछि सरकारले आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु गरेको हो ।
राजधानीमा ग्यासको माग सम्बोधन गर्न वीरगन्जबाहेक अन्य नाकाबाट छिटपुटरुपमा भित्रिएका बुलेटलाई काठमाडौं ल्याइएको आयल निगमले जनाएको छ ।
ग्यास बिक्री हुने ठाउँमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, स्थानीय प्रशासन, नेपाल प्रहरी र उपभोक्तावादी संघसंस्थाले अनुगमन गर्ने छन् ।
काठमाडौंमा दैनिक २७ हजार ९ सय सिलिन्डर अर्थात् ५ सय ४ मेट्रिक टन ग्यास आवश्यक पर्छ । देशभरका लागि दैनिक ६२ हजार सिलिन्डर अर्थात ९ सय मेट्रिक टन ग्यास खपत हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार