वीरगञ्ज नाका पुन प्रदर्शनकारीको कब्जामा

२०७२ कार्तिक १६ गते, सोमबार

काठमाडौं, १५ कात्तिक । आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकामा फेरि अवरोध भएको छ । तर अहिले मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शन र भारतीय प्रहरीको असहयोगका कारण वीरगञ्ज नाका फेरि ठप्प बनेको छ । रक्सौलको मितेरीपुलमा प्रदर्शनकारीले फेरि धर्ना सुरु गरेका छन् । ४० दिनदेखि धर्नामा बस्दै आएका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बिहान मितेरीपुलबाट हटाएको थियो ।
नेपाल प्रहरीले मूल बाटोमा कडाइ गरेपनि भारतीय पक्षको असयोगका कारण प्रदर्शनकारी अरु भित्रि बाटो हुँदै भारतीय भूमि पुगेर फेरि मितेरीपुलमा धर्ना बसेका हुन् । अहिले वीरगञ्जमा तनाव कायमै छ । बिहान प्रदर्शनकारीलाई हटाएपछि नेपालतर्फको नाकामा रोकिएका दुईसय भन्दा बढी भारतीय गाडी भारततर्फ गएका थिए । तर भारतबाट भने कुनैपनि गाडी नेपाल भित्रिएनन् । अहिले नाका ठप्प भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार