लट अनुसार पेट्रोल वितरण गरिदैं

२०७२ कार्तिक २० गते, शुक्रबार

काठमाडौं, २० कार्तिक । नेपाल आयल निगमले आज ३१ देखि ५० लटसम्मका मोटरसाइकल तथा ६ देखि ८ लटसम्मका कार र जिपलाई पेट्रोल वितरण गर्दैछ । निगमले निजी सवारी साधनलाई लट अनुसार हिजोदेखि तीन दिनसम्म पेट्रोल वितरण गर्न थालेको हो । पेट्रोल लिनका लागि सर्वसाधारणले आफ्ना सवारी साधन लाइनमा राखेका छन् । पेट्रोल पम्पहरुमा सवारी साधनको भीड भएपनि कुन बेलादेखि वितरण थालिन्छ भन्नेबारे कुनै जानकारी गराइएको छैन ।
पम्पहरुमा ट्यांकरहरु आउनु अघि कुपन वितरण गरिने र त्यसपछि मात्र पेट्रोल वितरण गर्न थालिने नेपाल आयल निगमले जनाएको छ ।
तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गरिने निगमले जनाएको छ । निजी सवारीसाधनलाई वितरण गर्ने दिनमा सार्वजनिक र सरकारी सवारी साधनलाई भने पेट्रोल दिइने छैन ।
निगमका अनुसार हिजो १ देखि ३० लटसम्मका मोटरसाइकललाई पेट्रोल वितरण गरिएको छ । कार र जीपका लागि हिजो १ देखि ५ लटसम्मलाई पेट्रोल दिइएको छ । आज ६ देखि ९ र शनिबार ९ देखि माथिका लटलाई दिइने निगमले जनाएको छ । मोटरसाइकललाई ५ लिटर र कार तथा जीपलाई १५ लिटर इन्धन वितरण गरिने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार