रातभर लाइन बस्दा पनि पेट्रोल नपाएको गुनासो
काठमाडौं,२१ कात्तिक । नेपाल आयल निगमले बिहीबारदेखि शनिबारसम्म मोटरसाइकल र कारको लट नम्बरका आधारमा पेट्रोल वितरण थालेपनि रातभर लाइनमा बस्दा पनि पेट्रोल नपाएको गुनासो पाइएको छ ।
यसैगरी .सरकारकै समन्यवमा आधा भरिएका ग्यास सिलिण्डर पनि बिक्री भैरहेको छ । तर उद्योगबाट विक्रेतासम्म ग्यास नपुग्दा धेरै उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । कतिपय उपभोक्ता ग्यासको लागि उद्योगसम्मै पुग्ने गरेका छन् । सबै डिपो र बिक्रेतासम्म ग्यास सिलिण्डर पु¥याउने प्रयास भैरहेको सरकारले जनाएको छ । यस्तै शनिबार ५१ लटदेखि माथिका सबै मोटरसाइकल र ९ लटदेखि माथिका कार तथा जिपलाई पेट्रोल वितरण गर्ने तयारी छ ।
निगमले पेट्रोल दिने पम्पहरुको जानकारी यसअघि नै दिइसकेको छ । पेट्रोल वितरण दिउँसोदेखि हुने भएपनि पम्पहरुमा रातीदेखि नै मोटरसाइकल र कार जिपको लामो लाइन लागेको छ । तर लाइन निकै लामो हुँदा उपभोक्ताले सहज रुपमा तेल पाएका छैनन् । कतिपयले भने दिनरात लाइनमा बस्दा समेत तेल पाउन नसकेको गुनासो गरेका छन् ।