मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकको मृत्यु, एक गम्भीर
काठमाडौं, २२ कार्तिक । चितवनको भरतपुरस्थित मिलन चोकमा मोटरसाइकल र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको मृत्युभएको छ भने एकजना गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे भएको उक्त दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका– ८ बस्ने २२ वर्षीय लक्ष्मण सापकोटाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकलमा सवार उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ ।
भरतपुरबाट टाँटीतर्फ जाँदै गरेको ना२च ३३४९ नंको एम्बुलेन्स र विपरीत दिशातर्फ गइरहेको ना२३प १३२८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका भरतपुर– ८ निवासी २० वर्षीय राजकुमार भट्टको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अस्पतालमा बिरामी पु¥याएर फर्किंदै गरेको एम्बुलेन्स र मोटरसाइकल दुर्घटनामा परेको हो । – रासस