यमपञ्चक सुरु, आज काग तिहार

२०७२ कार्तिक २३ गते, सोमबार

काठमाडौं, २३ कात्तिक । आज यमपञ्चकको पहिलो दिन काग तिहार । आज कागलाइ पूजाआजा गरी मीठो मीठो खान दिने चलन छ । वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ । सोमबारदेखि यमदीप दान पनि सुरु भएको छ । कात्तिककृष्ण चतुर्दशीका दिन मंगलबार कुकुर तिहार, कात्तिक कृष्ण औँसीका दिन बुधबार लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११३६ र म्हपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थागित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने विश्वासमा यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार