आज भाइटीका , शुभसाइत ११.५५ बजे

२०७२ कार्तिक २७ गते, शुक्रबार

काठमाडौं,२७ कात्तिक । आज तिहारको महत्वपूर्ण दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज मध्याह्न ११ बजेर ५५ मीनेट जाँदा टीका लगाउन उत्तम साइत रहेको जनाएको छ । कात्तिक २३ गते सोमबारदेखि सुरु भएको यमपञ्चकमा कात्तिक २३ गते काग तिहार र धन्वन्तरि जयन्ती तथा कात्तिक २४ गते मङ्गलबार नरक चतुर्दशी र कुकुर तिहार २५ गते गार्इ पूजा तथा लक्ष्मी पूजा परेको थियो ।
लक्ष्मी पूजापछि घरघरमा देउसी भैलो खेल्ने क्रम अहिले जारी रहेको छ । आज भाइटीका लगाएपछि नेपालीको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । ‘यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११:५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ’ समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार