कारको ठक्करबाट दुईको मृत्यु

२०७२ कार्तिक २८ गते, शनिबार

काठमाडौं,२८ कार्तिक । चितवनको राप्ती नगरपालिका–८ स्थित मारताल पुल नजिक हिजो भाईटिकाकै दिन बेलुका कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भण्डाराबाट लोथर तर्फ जाँदै गरेको ना १३ च ३२१५ नम्बरको कारले विपरीत दिशामा गएर तीनजना पैदलयात्रीलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
कारको ठक्करबाट राप्ती ८ बस्ने बर्ष १७ को असिम पौडेल र बर्ष २० कि जस्मिना उप्रेतीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख एवं प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए। कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि ३२ वर्षीय जानुका कोइराला घाईते भएकी छन्। ठक्कर दिएर फरार भएको कारलाई प्रहरी राती नै पिप्लेबाट बरामद गरेको छ तर कार चालक भने फरार रहेको प्रहरीले जनाएको छ। तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। चालकले मादक पदार्थ सेवन गरेर कार चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार