२२ हजार सिलिन्डर ग्यास राजधानी भित्रिँदै

२०७२ मंसिर ३ गते, बिहीबार

काठमाडौ, ३ मंसिर । आज सुरक्षाकर्मीको सहयोगमा २२ हजार सिलिन्डर ग्यास राजधानी भित्र्याउने तयारी गरिएको छ। धादिङका स्थानीयको अवरोधका कारण विभिन्न ठाउँमा थन्किएका २२ हजार सिलिन्डर ग्यास रातको समयमा सुरक्षाकर्मीको सहयोगमा काठमाडौ भित्र्याउन लागिएको हो । धादिङका स्थानीयले पहिला आफूहरूले प्राथमिकता पाउनुपर्ने भन्दै ग्यास बोटलिङ प्लान्टबाट सिलिन्डर निकाल्न नदिएपछि सुरक्षाकर्मीको सहयोगमा रातको मौका पारेर उपत्यका ल्याउने तयारी गरिएको हो। स्थानीय प्लान्ट परिसर र परिसर बाहिर घेरा हालेर धर्नामा बसेपछि फिलिङ गरिएका सिलिन्डर राजधानी भित्र्याउन सकिएको छैन। ‘तीन उद्योगको सिलिन्डर कडा सुरक्षाका साथ आज राति भित्र्याउने तयारी गरेका छौं’, ग्यासको वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित गर्न गठन गरिएको कन्ट्रोल रुमका संयोजक हरिप्रसाद बेलबासेले भने। बेलबासेका अनुसार राजधानी भित्र्याउन तयार पारिएका २२ हजार पाँच सय सिलिन्डर बोटलिङ प्लान्टमै थन्किएका छन्।
यसैबीच ,नेपाल ग्यासले आज काठमाडौंमा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्ने भएको छ । काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यासले जनाएको छ । सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो । ग्यास पाउने खबर सुनेपछि नेपाल ग्यास उद्योग प्रालिको डिपो अगाडि बिहानैदेखि सर्वसाधारण लाइनमा बसेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार