काठमाडौंमा ५.३ रेक्टर स्केलको पराकम्प

२०७२ मंसिर ३ गते, बिहीबार

काठमाडौ , ३ मंसिर । अहिले बिहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ५ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको जनाएको छ । पराकम्प जादा काठमाडौं र आसपासका बासिन्दा घरबाहिर निस्केका थिए । सिन्धुपाल्चोक केन्द्र बनाएर पराकम्प गएको भएपनि काठमाडौं पनि केही बेरहल्लीएको थियो । तीन महिना पछि पाँच रेक्टर स्केल भन्दा माथिको पराकम्प गएको केन्द्रले जनाएको छ ।
यसअघि गएको भदौ १३ गते सिन्धुपाल्चोक नै केन्द्र बनाएर पाँच रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि चार रेक्टर स्केलका पराकम्प गएको भएपनि पाँच रेक्टर स्केल भन्दा माथिको पराकम्प गएको यो पहिलो पटक हो । वैशाख १२ गते गोरखा केन्द्र भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चार रेक्टर स्केल भन्दा माथिका चार सय सात भन्दा धेरै पराकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार