रेडियो परासीमा पेट्रोल बम प्रहार

२०७२ मंसिर १० गते, बिहीबार

काठमाडौं , १० मंसिर । रेडियो परासीमा गएराति अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका छन् । नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा आक्रमणकारीले पार्किङमा रहेको एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् । समाचारको विषयलाई लिएर टेलिफोन मार्फत धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाइलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले जानकारी दिए ।
सञ्चारमाध्यममा आक्रमण भएपछि सुरक्षाको माग गर्दै रेडियोको प्रशासरण अनिश्चितकालिन बन्द गरिएको छ । भारतले नाकाबन्दी गरेको छैन, नाकाबन्दीलाई प्राथमिकता दिएर किन समाचार बजाउने कालोबजारीको समाचार किन नबजाउने भन्दै फोन मार्फत धम्की आएको प्रबन्धक गौतमले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार