सुन्धारामा गोली चल्यो

२०७२ मंसिर १३ गते, आईतवार

काठमाण्डौ ,१३ मंसिर । काठमाडौंको सुन्धारामा गोली चलेको छ । भगौडा प्रहरीलाई पक्राउ गर्ने क्रममा गोलि चलेको हो । एसएलआर लिएर भागेका प्रहरी जवान छोटेलाल ठाकुरलाई पक्राउ गर्ने क्रममा उसले गोली चलाउन खोजेपछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाकाका अनुसार खुट्टामा गोली लागेका ठाकुरको उपचार भइरहेको छ । हतियार लिएर भागेका ठाकुर यसअघि रौतहटमा कार्यरत रहेको तथा लुटपाट र फिरौती संकलनमा समेत संलग्न रहेका प्रहरीले जनाएको छ । ठाकुर बिहान सुन्धराको एक गेष्ट हाउसमा रहेको खबर पाएपछि प्रहरी टोली पक्राउ गर्न गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार