आज दासता उन्मुलन दिवस

२०७२ मंसिर १६ गते, बुधबार

काठमाडौ, १६ मंसिर । आज अन्तर्राट्रिय दासता उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विभिन्न क्षेत्रमा हुने गरेका शोषणको अन्त्य गर्नका लागि सन्देश जाने विभिन्न खालका कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ । सन् १९४९ देखि संयुक्त राष्ट्र संघको पहलमा यो दिवस मनाउन थालिएको हो । विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ । पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार