भोलिबाट निजी सवारीले इन्धन पाउने

२०७२ मंसिर २० गते, आईतवार

काठमाडौ, २० मंसिर। नेपाल आयल निगमले भोलिबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ । तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तवरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । निगमका थानकोट डिपो प्रमुख रविन शर्माले भोलिबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिए । पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार