मोटरसाइकल र स्कूटरलाई इन्धन वितरण गरिंदै
काठमाडौ, २२ मंसिर । नेपाल आयल निगमले लामो समयदेखि इन्धन नपाएका मोटरसाइकल र स्कुटरहरुलाई आजदेखि इन्धन बितरण गर्ने भएको छ । निगमका अनुसार आज १ देखि २५ लटसम्मका मोटरसाइकल र स्कुटरहरुले पेट्रोल पाउनेछन् । यस्तै २४ गते २६ देखि ४० सम्म, २६ गते ४१ देखि ५५ र २८ गते ५६ देखि माथिका लट भएका मोटरसाइकल तथा स्कूटरलाई पेट्रोल दिइने भएको हो ।
२६ गते पछि नीजि कार तथा जीपहरुलाई यस्तै पनि व्यवस्थित तरिकाले इन्धन वितरण गरिने निगमले जनाएको छ । इन्धन वितरण गर्ने पेट्रोल पम्पहरुको नाम पनि निगमले सार्वजनिक गरिसकेको छ । तिहारपछि एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तवरले आजदेखि इन्धन बिक्री गर्न लागिएको निगमको भनाइ छ ।