क्षतिग्रस्त राजमार्गको मर्मत सम्पन्न

२०७२ मंसिर २५ गते, शुक्रबार

काठमाडौं, २५ मंसिर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले भूकम्पले क्षति पुर्‍याएको विपी कोइराला राजमार्गको मर्मत सम्भार सम्पन्न भएको जनाएको छ । सो राजमार्गको विभिन्न २९ स्थानमा सडक चिरा पर्नुका साथै ठूला ढुङ्गा खसेर सडक बिग्रिएको थियो । गत असार १ गतेबाट सुरु भएको मर्मत सम्भार कार्य केही दिन पहिले सम्पन्न भएको हो ।
सडक मर्मत कार्यमा रु ६ करोड खर्च भएको जाइकाले जनाएको छ । मर्मत सम्भारको कार्य जापानी परामर्शदाता निपोन कोइ र नेपाली निर्माण व्यवसायी स्वछन्द निर्माण सेवाले सम्पन्न गरेको हो । कुल १६० किमी लामो सो राजमार्गले काठमाडौंलाई तराईसँग जोडेको छ । सो राजमार्ग केही समय पहिले मात्र निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरी सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु