आज विवाह पंचमी

२०७२ पुष १ गते, बुधबार

काठमाडौ, १ पुस । त्रेतायुगमा भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा स्यम्बर तथा वैवाहिक कार्यक्रम हुने भएको छ ।
साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत मुख्य विधी मटकोर कार्यक्रम हिजो गरिएको थियो ।
जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । भण्डारी जाने भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाली प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि सँगै जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको कार्यक्रमलाई भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिरोध गर्ने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु