चिसो अझै बढ्ने

२०७२ पुष २ गते, बिहीबार

काठमाडौं, २ पुस । काठमाडौं उपत्यका र शहरी क्षेत्रमा देखिएको वायू प्रदुषणका कारण लागेको तुवाँलो र हिमाली क्षेत्रबाट चलेको हावाका कारण चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताए । मौसमविद पौडेलले तुवाँलोले घाम छेकिदिएकाले जमिन तात्न नपाउँदा चिसो बढ्दै गएको हो । दिन छोटो र रात लम्बिदै गएकाले पनि जमिन तात्न नपाउँदा देशभर चिसो बढेको बताए । तीव्र गतिमा हावा चलेमा या पानी परेमा मात्र तुवाँलो हट्ने तर अहिले तत्काल पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले अझै केही दिन मौसम यस्तै मौसमविद पौडेलको भनाई छ । जमिन तात्न नपाउँमा अहिले न्युनतम र अधिकतम तापक्रम दुवै घट्दै गएको छ ।
काठमाडौंको न्युनतम तापक्रम बिहीबार २ डिग्रीमा झर्ने अनुमान गरिएको छ भने अधिकतम तापक्रम १६ देखि १७ डिग्रीमा झरेको छ । केही दिन अघि काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस थियो ।
यस्तै जुम्लाको तापक्रम बिहीबार माइनस ५/६ डिग्री सेल्सियसमा झरेको छ । डडेल्धुराको तापक्रम जिरो डिग्री सेल्सियस छ भने सुर्खेतको ३ देखि ४ डिग्री र पोखराको ६ डिग्री सेल्सियस छ ।
तराईका जिल्लाकामा पनि केही दिनदेखि तापक्रम घट्ने क्रममा छ । त्यस क्षेत्रको तापक्रम बिहीबार ३ देखि ५ डिग्री सेल्सियस मापन गरिएको छ । तराईका जिल्लामा बिहीबार पनि बाक्लो कुहिरो लागेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु