बुहारी हुनु त यिनी जस्तो…
काठमाडौँ । दाङ्ग तुलसीपुर १९ उरहरी कि २६ वर्षिया सावित्रा ढकालले आफ्ना स्वर्गिय ससुरा ६५ वर्षिया शेषमणि पण्डितलाई दागवत्ति दिएकी छिन् । उनको साथमा सावित्राका ५ वर्षिय छोरा एलिस ढकाल, त्यसपछि स्वर्गिय पण्डितका तीनवटा छोरीहरुले समेत आफ्नो बुवालाई दागवत्ति दिएका छन् । सल्यान वहुमुखी क्याम्पस शंखमुलमा विए तितृय वर्षमा अध्ययनरत सावित्राका पति अशोक पण्डित बैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन् । उनी परिवारका एक्ला छोरा थिए । बाजेलाई दागवत्ति दिन नाति एलिस त छँदै थिए । तर, बुहारी सावित्राले आफूले नै दागवत्ति दिने इच्छा व्यक्त गरेपछि सबै मलामीले पनि सहज स्वीकार गरे ।
मृगौला पीडित शेषमणिकी पत्नीको ५ वर्ष पहिले नै निधन भएको थियो । त्यसयता ससुराको सम्पूर्ण स्याहारसुसार पनि सावित्रा स्वयंले गरेकी थिइन् । यसअघि पनि शेषमणिको विस्तारामै दिशा पिशाव हुँदा सावित्राले नै सम्पूर्ण स्याहारसुसार गर्दै आएको संयुक्त वडा कार्यालय उरहरीका सचिव मानवहादुर रावतले जानकरी दिए । सावित्रा तुलसीपुर नगरपालिका १९ नं. वडाको नागरिक मंचको उपसंयोजक पनि हुन् । उनी निर्वाचनमार्फत् उक्त पदमा पुगेकी थिइन् ।
शेषमणिको विहिवार वेलुका उनको तुलसीपुर १९ उरहरीस्थित घरमा निधन भएको थियो । घरमा कुनै लोग्ने मानिस नहुँदा पनि उनले हिन्दु प्रचलनअनुसार गर्नुपर्ने आफ्ना ससुराको सम्पूर्ण संस्कार एउटा छोरा सरह गरेर समाजमा उदाहरण प्रस्तुत गरेकी छिन् । सावित्रा आफ्नो ससुराको किरिया पनि आफैँ वसेकी छिन् । बुहारीले ससुरालाई दागबत्ति दिएकी छिन् । महिलाले मरेपछि शव पनि छुनु हुँदैन र मलामी बनेर घाट पनि जानु हुँदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका १९ निबासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणि पण्डितलाई वैदिक परम्पराअनुसार शुक्रबार बबई नदीको उरहरी घाटमा दागवत्ति दिएकी हुन् । विहिबार साँझ ६५ बर्षको उमेरमा निधन भएका ससुरालाई दागबत्ति दिएकी बुहारी सावित्रा, शुक्रबारदेखि नै कोरा बारेर छोरा जस्तै कृया समेत बसेकी छिन् । सावित्राले समाजमा जरो गाडेर रहेको कुरीति कुसंस्कारलाई चिर्नका लागि दागबत्ति दिएर क्रिया बसेको बताइन् । उनले छोरा सरह बुहारीले पनि कर्म गर्न सक्छन् भन्ने सन्देश आपूmले दिन खोजेको प्रतिकृया दिइन् ।