डिजल वितरण ब्यबस्थित गरिदै
काठमाडौं, ५ पुस। नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका गाडीलाई व्यवस्थित रुपमा डिजेल वितरण गर्ने जनाएको छ । निगमका अनुसार अस्पताल, औषधि, दमकल, शवबाहन, फोहर बोक्ने गाडीलाई हरेक दिन १५ देखि ३० लिटर डिजेल उपलब्ध गराइने छ । यस्तै अत्यावश्यक खाद्य बस्तु, दुध, पानी, तरकारी ढुवानी गर्ने र पर्यटक बोक्ने गाडीलाई आइतबार, मंगलबार र शुक्रबार २० देखि ३० लिटरसम्म डिजेल विक्रि हुनेछ । कुटनीतिक नियोग, राजदूतावास, विद्यालयका गाडीलाई आइतबार र शुक्रबार ३० लिटरसम्म डिजेल उपलब्ध गराउने निगमले जनाएको छ ।
यस्तै स्थानिय रुटमा चल्ने गाडीलाई हरेक दिन १५ देखि ३० लिटरसम्म डिजेल बिक्री हुने निगमले जनाएको छ । ट्रिपर र ट्रकले सोमबार र बिहिबार ३० लिटरसम्म डिजल पाउनेछन् ।
लामो दूरीमा चल्ने यात्रुबाहक बस तथा जीपले दूरीको आधारमा हरेक दिन डिजेल भर्न पाउने निगमले जनाएको छ । भारतबाट इन्धन आयातमा समस्या भएपछि निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका गाडीलाई कोटा मिलाएर बार अनुसार इन्धन उपलब्ध गराउँदै आएको छ ।