मधेसी मोर्चाद्वारा ट्रकमा आगजनी

२०७२ पुष ८ गते, बुधबार

काठमाडौं , ८ पुस । मधेसी मोर्चाका कार्यकर्ताले गएराति रौतहटमा एक ट्रकमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताले गौर–चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नगरपालिका–२ गरुडाबजारमा ना ३ ख १७० नम्बरको ट्रकमा आगजनी गरेका हुन । आगजनीबाट ट्रकको अघिल्लो भागमा क्षती पुगेको छ । सख्खर बोकेर वाराको जितपुर जान तैयारी अवस्थामा रहेको ट्रकमा मोर्चाका कार्यकर्ताले आगो लगाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु