आज पृथ्वीनारायण शाहको दुईसय ९४ औं जन्म जयन्ती
काठमाडौ, २७ पुस । नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको दुईसय ९४ औं जन्म जयन्ती मनाईंदैछ । आज सरकारीस्तरबाट कुनै औपचारिक कार्यक्रम नभए पनि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा नीजि क्षेत्रको पहलमा भने बिभिन्न कार्यक्रम हुँदैछ । सरकारमा सहभागी दल राप्रपा नेपालले भने आज चियापान कार्यक्रम राखेको छ । सिंहदरबारको पश्चिम ढोकाको अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण तथा एक कार्यक्रम गर्दैछन् ।
२००७ सालपछि पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाईंदै आए पनि २०६२/६३ को जनआन्दोलनपछि सरकारीस्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको छ ।