रौतहट बन्द खुल्यो
काठमाडौ, ३० पुस । पाँच महिनादेखि बन्द रहेको रौतहटमा आजदेखि निजि तथा सार्वजनिक यातायातका साधानहरु सञ्चालनमा आउने भएका छन् ।
पाँच महिनादेखि सार्वजनिक तथा निजि सवारी साधनहरु सञ्चालन नहुँदा सर्वसाधारणलाई अप्ठ्यारो परेको भन्दै व्यापारी तथा उद्योग वाणिज्य महासंघले संयुक्त लोकतान्त्रिक मोर्चालाई पत्राचार गरेका थिए । आज मोर्चाले पत्रको जवाफ दिदै भोलिदेखि सवारी साधन चलाउन सक्ने जानकारी दिएको हो ।
रौतहटकै अर्को खबरमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटका नेताहरुले रकमको लोभमा इट्टाभट्टा उद्योग संचालनका लागि कोइला ल्याउन स्वीकृति दिएको बताइएको छ ।