फेसबुकमा पिरती गास्दा…
काठमाडौ, ३० पुस । फेसबुकका केटीको पछि लाग्दा भारत घर भई हाल . महाबौद्धमा कपडा पसल संचालन गर्ने रोशन गुप्ता नराम्ररी फसेका छन ।
गुप्तावाट केटीको नाममा नक्कली फेसबुक सुवास्ना गौतम बनाई बिक्रम ज्ञावालि र केविन के.सीले रोशन गुप्तासंग रकम असुली गरेको अनुसन्धानबाट खुल्न आएको छ । पिडित रोशन गुप्ता भारत घर भई हाल का.जि. महाबौद्धमा कपडा पसल संचालन गरी बस्दै आएको र पहिलो पटक निज रोशन गुप्तालाई बिक्रम ज्ञवाली र केविन के.सीले तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी उपचारार्थ अस्पतालमा भर्ना भएकी छिन्, उनको उपचारको लागि रु. ५५,०००।- (पचपन्न हजार) रकम दिनु नदिएमा पुलिस केश गरि दिन्छौं भनि धाक धम्की देखाई रकम अशुली गरेको बुझिन आएको छ।
सो पश्चात पुन: निज ज्ञवाली र के.सी.ले पीडितको पसलमा गई हामी सुवास्ना गौतमको दाजु हो उपचारको लागि रकम दे नदिएमा जे पनि हुन सक्छ भनि पटक- पटक गरी पीडितबाट रु. ४,१७,०००।- (चार लाख सत्र हजार) अशुल गरेको । पिडितले भने बमोजिमको रकम उपलब्ध गराई सके पश्चात पनि निजहरुले थप दुई लाख रकम माग गरेको हुदां पिडितले महानगरीय प्रहरी अपराध महाशाखामा दिएको जाहेरीको आधारमा महाशाखाबाट खोजतलास गर्दा उक्त कार्यमा सलग्न ब्यक्तिहरुलाई मिति २०७२।०९।२८ गते का.जि. महाराजगंज स्थित भाटभटेनीबाट पक्राउ गरी बिद्युतिय कारोवार ऐन र ठगीमा कारवाहीको लागी मिति २०७२।०९।२९ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको छ ।
पक्राउ व्यक्तिहरु:
१. नाम :- बिक्रम ज्ञवाली
उमेर :- २३ वर्ष
ठेगाना :- जिल्ला दैलेख वङलम्जि गा.बि.स.वडा नं. ७ कोईरालागाँउ
हाल :- का.जि. धापासी बस्ने ।
२. केविन के.सी.
उमेर : २२ बर्ष
ठेगाना : का.जि. धापासी
थप अनुसन्धानबाट खुलेका कुराहरु :
१. सविन पाण्डेको नाममा नक्कली फेसबुक आईडी खोलेको ।
२. उक्त आईडीको नाम परिवर्तन गरि पछि सुवास गौतम बनाएको ।
३.पछि ठगी गर्ने उद्देश्यले दुबै जना मिलेर पुन: नाम परिवर्तन गरी केटीको नाम सुवास्ना गौतम राखी ब्ल्याकमेलिङ गर्ने र सोही आईडीको प्रयोग गरी रकम माग गर्ने गरेको पाईएको ।
निजहरुबाट वरामद सामानहरु :
१. सामसुङ कम्पनीको ग्यालेक्सी ट्याव थान – १
२. सामसुङ कम्पनीको Grand max मोवाईल थान – १
३. Gionee कम्पनीको मोवाईल थान – १
४. सुनको ९.३७ ग्रामको सिक्री थान- १
५. नगद रु. २,५३,०००।-