रक्सौल नाका खुले लगतै पुन बन्द

२०७२ माघ १५ गते, शुक्रबार

काठमाडौ, १५ माघ । आन्दोलनरत मधेसी मोर्चाले १२९ दिनदेखि बन्द गरेको बीरगन्ज–रक्सौल नाका आज बिहान खुलेको छ । मेशिनरी लगायत विभिन्न समानहरु लोड गरिएका ५ वटा ट्रक रक्सौलबाट नेपाल प्रवेश गरेका छन् भने महिनौंदेखि बीरगंज भन्सारमा रहेको ४ वटा भारतीय खाली ट्रक रक्सौल फिर्ता गएको छ । धर्नास्थलमा एकजना पनि आन्दोलनकारी नभएको अवस्थामा स्थानीय व्यापारीहरुले आज बिहान एक घन्टाको लागि नाका खुलाएका हुन् । बिहान साढे सात बजेदेखि साढे आठ बजेसम्म यस नाकाबाट ट्रक, स्कार्पियो, टांगा तथा रिक्सा लगायतका सवारी साधनहरु आउजाउ गरेका थिए । युवा गठबन्धनका अध्यक्ष इश्वर यादवको नेतृत्वमा पुगेको टालीले पुनः नाका ठप्प पारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]