घुस्याहा डिएसपी अख्तियारको फन्दामा

२०७२ माघ १९ गते, मंगलवार

काठमाडौ, १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिंदालिदै पक्राउ गरेको छ । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले आज पक्राउ गरेको हो ।
कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]