अब जन्मकैद ३० वर्ष
काठमाडौ, २३ माघ । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित विधेयकले जन्मकैद सजाय २० बाट ३० वर्ष पुर्याउन प्रस्ताव अघि सारेको छ।
विधायन समितिमा छलफलमा रहेको उक्त विधेयक व्यवस्थापिका संसदबाट पास भए जन्मकैद पाएका व्यक्तिले १० वर्ष बढी जेल सजाय भोग्नुपर्नेछ।
फौजदारी कसुरसम्बन्धी प्रचलीत कानुन संशोधन र एकीकरण विधेयकमार्फत जन्मकैदको दर बढाउन प्रस्ताव अघि सारिएको हो।
‘यसअघि जन्मकैद पाएका व्यक्तिले २० वर्ष मात्रै जेल सजाय भोग्नुपथ्र्यो, प्रस्तावित विधेयकले त्यसको समय १० वर्ष बढाउन प्रस्ताव गरेको छ, सांसद रेवतीरमण भण्डारीले भने।’ विधेयक २०७३ जेठभित्र पास गरिसक्ने लक्ष्यअनुसार कामकारबाही अघि बढाइएको उनले जनाए। – नागरिक दैनिकवाट