भोलिदेखि मौसम सफा हुने
काडमाडौं,२५ माघ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखिनै पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम तथा मध्य क्षेत्रका केही ठाउँमा झरी पर्ने जनाएको छ । पश्चिमी वायु पूर्वतर्फ गइरहेकाले त्यस क्षेत्रको मौसम पनि बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद मिनकुरमा अर्यालले बताए । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएर झरी परेको अर्यालको भनाई छ । पश्चिमी क्षेत्रबाट बिस्तारै मौसम सुधार हुँदै आए मंगलबार देशका सबै ठाउँमा मौसम सफा हुने अनुमान गरिएको छ । पानी परेपछि चिसो पनि केही बढेको छ । केही दिन चिसो भएपनि अब बिस्तारै गर्मी बढ्दै जाने मौसमविद अर्यालले बताए।