कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडाैं , २९ माघ । काठमाडौंबाट चितवनका लागि छुटेको बा ५ च ६८४४ नम्बरको कारले धादिङको गजुरीमा ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । कारले गजुरीको बाटामा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिँदा अन्य चार जना घाइते भएका छन् । कारको ठक्करबाट गजुरी–१ की १९ वर्षकी सपना लामाको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।