वैदेशिक रोजगारीका ठग प्रहरी फन्दामा

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौँ, २ फागुन । वैदेशिक रोजगारीमा पठाउने लोभ देखाएर ठगी गरेको अभियोगमा अदालतले सजाय सुनाएका सुनसरीको हाँसपोसाका राम गुरुङ पक्राउ परेका छन् । काठमाडौंमा बस्दै आएका गुरुङलाई काठमाडौको चावहिलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ ।
उनले रोहित गिरीलाई दुबई पठाइदिने भनेर एक लाख ७० हजार रुपैयाँ ठगी गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले डेढ वर्ष कैद तथा डेढ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख ५५ हजार रुपैयाँ भराइदिने फैसला गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

२०८२ आश्विन २९ गते, बुधबार