आगलागीबाट डेढ करोडको क्षति

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । सिरहा जिल्लाको बिष्णुपुरकट्टी गाविसमा आईतबार भएको भिषण आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । बिष्णुपुरकट्टी–१ स्थित खजनपुरा टोल बस्ने मनिकलाल यादवको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोबाट सोही टोलमा रहेका २१ घरपरिवारको ४६ वटा फुसको घर पुर्णरुपमा जलेर नष्ट भएको छ । साँझ प्रहरी, स्थानीयवासी समेतको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो । पीडितलाई जिल्ला रेडक्रसले प्रतिघर ५ केजी चिउरा, ब्लाङ्केट १ थान, खाना पकाउने भाँडा, सारी, जिन्स पेन्ट १–१ थान वितरण गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]