ताप्लेजुङमा हवाई फायर

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं, १२ फागुन । ताप्लेजुङको खोक्लिङमा एक स्थानीय महिलामाथि यौन दुर्व्यवहार गरेको बिषयलाई लिएर भएको घटनालाई नियन्त्रणमा लिन प्रहरीले
हवाई फायर गरेको छ । स्थानीय बासिन्दाले यौन दुर्व्यवहार गरेको भन्दै युवराज थापालाई आक्रमण गरेका थिए । सो स्थितिलाई नियन्त्रणमा लिनका हवाई फायर गरेको हो । आरोपित व्यक्तिमाथि जाइलाग्न आएको भिडलाई रोक्ने क्रममा एक प्रहरी घाइते भएका छन् । प्रहरीले स्थिती तनावग्रस्त बन्दै गएकोले हिंसा भड्किन सक्ने भन्दै हवाई फायर गरेको हो । भिड नियन्त्रण गर्न खोज्दा स्थानीय बासिन्दाको आक्रमणमा परि अस्थायी प्रहरी चौकी खोक्लिङका इन्चार्ज असई सोम श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । मोती उच्च मावि विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका स्थानीय बासिन्दा युवराज थापाले स्थानीय एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरीले हिंसा भड्काउन खोजेको भन्दै ८ जनालाई पक्रउ गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]