पटिहानीमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं, १२ फागुन । पद्मोदय युवा क्लब भरतपुर, पटिहानीको आयोजनामा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ । विगत ३७ वर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको सो क्लबले यस बर्षपनि सो प्रतियिगिता गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा भारत, भुटान र बंगलादेशसमेतबाट टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने समुहलाई एक लाख पचास हजार , दोस्रोलाई एक लाख र तेस्रो हुने समुहलाई पचास हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने प्रतियोगिता आयोजक समितीका सल्लाहाकार सुदिप सुबेदीले बताए । आयोजक समितीका सल्लाहाकार सुदिप सुबेदीका अनुसार सो अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगितावाट पटिहानीलाई खेलकुदको माद्यमवाट चिनाउदै पर्यटनको बिकास गर्ने उदेश्य लिइएको छ । सो प्रतियोगिता सम्पन्न गर्न २६ लाख लाग्ने अनुमान गरिएको सुबेदीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]