रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही हुने

२०७२ फाल्गुन १२ गते, बुधबार

काठामाडौं, १२ फागुन । यातायात व्यवस्था विभागले तोकिएको रुट परमिट अनुसार गाडी नचलाउनेलाई कारबाही गर्ने भएको छ । विभागले धेरैजसो व्यवसायी तथा चालकले तोकिएको रुट परमिट अनुसार गाडी नचलाएको पाइएपछि उनीहरुलाई कारबाही गर्ने तयारी भएको हो । विभागका अनुसार अब विभागबाट तोकिएको रुटमा गाडी चलाउन अनुमति लिएका तर नचलाएकाको रुट नै खारेज गरिदिइने तयारी भएको छ । धेरैजसो गाडीले बिचबाटोबाटै यात्रु ओराल्न र त्यहीँबाटै फर्काउने गरेकाले यात्रुले सास्ती खेप्दै आएका छन् । रुट अनुसारका गाडी भएपनि गन्तव्यमा पुग्न यात्रुले तीन चार वटा गाडी चढ्नु पर्ने बाध्यता छ । यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार अबको एक हप्ता भित्रै यस्ता समस्या समाधान गर्ने गरी गृहकार्य भइरहेको छ ।
विभागले यसअघि वैशाख १२ गतेको भूकम्पपछि काठमाडौं उपत्यकाकमा बस्दै आएकालाई गाउँ जान सजिलो होस् भन्दै रुट परमिट लिन नपर्ने व्यवस्था गरेको थियो । यात्रुको सहजताका लागि १५ दिनसम्म यो व्यवस्था गरेपनि त्यसपछि भने पुरानै नियम कायम भएको थियो । रुट अनुसार गन्तव्यमा नपु¥याए ट्राफिक प्रहरीको १०३ नम्बरमा तत्काल खबर गर्न पनि यात्रुलाई विभागले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]